समाचार

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप



काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष र्‍याप गीत युट्युबर तथा र्‍यापर कुशल पोखरेलले गाएका छन् ।

निर्माण पक्षले शनिबार कुशलको स्वर र शब्द रहेको गीत ‘फोन नगर’ सार्वजनिक गरेको हो ।

माघ २३ बाट प्रदर्शनमा आउन लागेको यो फिल्मको प्रचार लागि माघ १ मा बुटवलमा आयोजित कन्सर्टमा यो गीत कुशलले पहिलो पटक सार्वजनिक स्थानमा गाएका थिए ।

युट्युबमा सार्वजनिक यस गीतको भिडियोमा कुशल पनि फिचर्ड छन् । भिडियोमा नायिका आना शर्मा हाबी छिन् । ब्रेकअपपछिको घटनामा यो गीत बनेको छ । झोलेइज्मको निर्देशनमा भिडियो तयार भएको हो ।

फिल्ममा ‘रमिताको पिरती’मा आनासहित धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राईलगायतको अभिनय रहेको छ ।

यही फिल्मको लेखक र निर्देशक सुदिप्ता हुन् । उनको यो डेब्यू फिल्म हो ।

प्रकाशित : ४ माघ २०८२, आइतबार, ,