काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले टस गुमाएको छ । थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् ।
समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्डसहित नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह चरणमा शीर्ष तीन स्थानमा रहन सके नेपाली टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछ । सुपर सिक्सबाट शीर्ष चारमा पर्न सफल टोलीले टी–२० विश्वकपमा स्थान बनाउने प्रावधान छ ।
घरेलु मैदानमै खेल्दै विश्वकपमा छनोट हुने ऐतिहासिक अवसर नेपाली महिला टोलीका लागि रहेको छ ।























प्रतिक्रिया