समाचार

गुमाउने भन्दा कमाउने समुह धेरै,झण्डै छ अंकले बढ्यो नेप्से,



काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन पाँच दशमलव ५४ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज चार दशमलव ९० अंकले बढेर २६ सय ३९ दशमलव ९१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५४ अंकले बढेर चार सय ५४ दशमलव ८६ अंकमा चढेको छ । तीन सय ४९ वटा कम्पनीहरुको ७७ हजार १७ पटकको कारोबारमा एक करोड ३६ लाख २४ हजार आठ सय २४ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम छ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेको छ । आज बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ९४ अंकले घटेर १३ सय ७० दशमलव ५६ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि २२ दशमलव शुन्य १० अंकले घटेर १२ हजार आठ सय ६८ दशमलव ९० अंकमा पुगेको छ।

फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक र लगानी समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने शुन्य दशमलव ४१ अंकले बढेर ५५ सय ७६ दशमलव ९५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १० दशमलव ७७ अंकले बढेर १० हजार नौंं सय नौं दशमलव ११ अंकमा पुगेको छ । जलबिद्युत, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन्।

नेप्सेमा आज थ्रि स्टार हाईड्रो पावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा रसुवागढी हाईड्रोपावर लिमिटेडले सबै सबैभन्दा बढी गुमाएको छ । राधी जलबिद्युत कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।

प्रकाशित : २९ पुस २०८२, मंगलबार, ,