काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे भक्तपुरको गुण्डुमा बस्ने भएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक व्यवस्थापनका विषय, जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिती र आसन्न केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने एजेन्डा रहेको छ ।
यसअघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो । आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग सम्पन्न भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने सम्भावित कदम र आसन्न निर्वाचनको सम्भावनाबारे धारणा प्रस्तुत गर्ने तयारी गरिएको छ ।
पार्टीका केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीका अनुसार तयारी अपूरा रहेकाले असोज २७ गतेदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि सारिएको छ ।
उनका अनुसार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएकाले बैठक स्थल अझै तय भइनसकेको छ ।























प्रतिक्रिया