विजयादशमी तथा शुभदिपावलि २०८२ को अबसरमा टिम धिताल बहादुरे द्धारा आयोजित शुभकामना आदानप्रदान तथा पाँचपोखरी थाङपाल गाउँपालिका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी थाङपालधाप वडा न.६ ले जितेको छ । उपाधी संगै थाङपालधापले घोर्ले खसि सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
दोश्रो भएको लाङर्चे युवा समुहले राल्बे बोको सहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ भने तेस्रो भएको थाङपालकोटले नगद ५००० पुरस्कार पाएको छ ।प्रतियोगितामा बेस्ट खेलाडी–उमेश भारती थाङपालधाप–६, बेस्ट स्पाइकर–भुवल भारती( थाङपालधाप–६,बेस्ट लिबरो–अबिशेक तामाङ (लाङर्चे),बेस्ट लिफ्टर–शैलेश सापकोटा( थाङपालधाप–६), बेस्ट बल्कर– देव खड्का (लाङर्चे) र फेयर प्लेय अवार्ड– आदित्य धिताल(टिम बहादुरे) ले पाएका छन् । दुई दिनसम्म चलेको प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको थियो ।
टिम बहादुरेले समाज दाजुभाइ, इष्टमित्र सगंको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्य सहित यो प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा अझै यो प्रतियोगितालाई उचाईमा लाने उद्देश्य बोकेको कार्यक्रमका संयोजक राजन धितालले बताउनुभयो ।
कार्यक्रमको सभापतित्व टिम बहादुरेका जेष्ठ सदस्य नारायण धिताल ले गर्नुभएको थियोे भने कार्यक्रम सन्चालन अजय धितालले गर्नुभएको थियोे । टिम बहादुरेले फुलपातिको दिन अझै विविध कार्यक्रमपनि राखेको जनाएको छ ।






















प्रतिक्रिया