समाचार

भायानेटको दशैँ अफर : इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुटैछुट पाइने



काठमाडौं– भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।

यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको  नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन् ।

यस अफर अन्तर्गत ३,००० रुपैयाँ पर्ने मेस राउटर ५०० रुपैयाँ छुटसहित २,५०० रुपैयाँमा उपलब्ध हुनेछ । त्यस्तै,  १०,७४९ रुपैयाँ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित  ८,२९९ रुपैयाँमा पाइनेछ । साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी २७,९९९ रुपैयाँमा किन्न सकिनेछ ।

यससँगै, ८,४०० रुपैयाँमाथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले प्रोमोकोड भीआईए ३०० हालि ३०० रुपैयाँ क्यासब्याक पाउनेछन् ।

साथै, ग्राहकहरूले ‘स्पिन द उइल’ मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन् । यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २ आश्विन २०८२, बिहिबार, ,