काठमाडौं,२ असोज । नेपाली कांग्रेसले असोज ३ गते संविधान दिवस देशभर विशेष अभियानसहित मनाउने भएको छ।
उपसभापति पूर्णबहादुर खड्काका अनुसार पार्टीको कार्यसम्पादन समितिको निर्णयअनुसार ७७ वटै जिल्लामा हात–हातमा संविधान लिएर प्रदर्शन गरिनेछ। उनले पार्टीका जिल्ला समिति, भातृ संस्था र शुभेच्छुक संस्थालाई समेत अभियानमा सहभागी हुन निर्देशन दिइएको बताए।‘असोज ३ गते ७७ वटै जिल्लामा मात्र होइन, विदेशमा रहेका नेपाली कांग्रेसका संरचना र शुभेच्छुक संस्थाले पनि संविधान दिवस मनाउनेछन्,’ खड्काले बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकारसँग भने।
उनका अनुसार कांग्रेसले संविधान दिवसलाई संयमित र शान्तिपूर्ण तरिकाले मनाउँदै संविधानको रक्षा गर्ने दृढ संकल्पलाई उजागर गर्नेछ।
























प्रतिक्रिया