back

आजको मौसम,अधिकांश स्थानमा वर्षा र हिमपातको संभावना

काठमाडौ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले आज देशका अधिकांश स्थानमा छिटफुट देखि मध्यम सम्मको वर्षा हुने संभावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका हल्का हिमपातको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


बनेपा नगरपालिका
बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को धमाका

बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को धमाका

वि.सं.२०८१ कात्तिक २४ शनिवार १३:३८

काठमाडौँ । लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु...

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:२९

वासिङ्टन । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०९:३३

महोत्तरी- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक...

महिला फुटबलमा दर्शकको ‘क्रेज’

महिला फुटबलमा दर्शकको ‘क्रेज’

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४७

काठमाडौँ । खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु...

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४०

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,...

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...