देश / प्रदेश

नेपालगन्ज नाकाबाट ५५ लाख किलो बढी जडीबुटी निर्यात



काठमाडौं– देशको प्रमुख नाका मानिने नेपालगन्जबाट गत आर्थिक वर्ष २०८१ ८२ मा ५५ लाख ६३ हजार ७७० किलो जडीबुटी निर्यात भएको छ ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अनुसार अघिल्लो आर्थिक वर्ष (४६ लाख ४९ हजार ९२९ किलो) जडीबुटी निर्यात भएको थियो । त्यसको तुलनामा यस वर्ष निर्यातमा उल्लेख्य वृद्धि भएको संघले जनाएको छ ।

सङ्घका अनुसार यस नाकाबाट चुत्रो, रिठा, तेजपात, टिमुर, पाषाणभेद, पदमचाल, काउलो र कुटकी लगायतका ४४ प्रकारका जडीबुटी निर्यात भएका छन् ।

जसमा सबैभन्दा बढी १८ लाख ९८ हजार किलो चुत्रो र १४ लाख ६४ हजार किलो रिठा रहेका छन् । भारतका अलावा यहाँबाट ४२ हजार ७५० किलो जटामासी मार्क दुबई र पाकिस्तान जस्ता तेस्रो मुलुकमा समेत निर्यात गरिएको छ ।

जडीबुटी निर्यातमा आएको सुधारले पश्चिम नेपालका किसान, सङ्कलक र व्यवसायीहरू उत्साहित भएका छन् ।

प्रकाशित : ५ मंसिर २०८२, शुक्रबार, ,