breaking news

पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैन : निगम



काठमाडौं,११ असोज । नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको जनाएको छ ।

मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारण पेट्रोलियम पदार्थको नियमित ढुवानी हुन नसक्दा यसअघि अधिकांश पेट्रोल पम्पले सेवा दिन नसके पनि बाटो खुलेसँगै नियमित अवस्थामा फर्किएका हुन् ।

‘मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारण बाट पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अव सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको ब्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराइन्छ ।’, निगमले भनेको छ ।

प्रकाशित : ११ आश्विन २०८२, शनिबार, ,