breaking news

गगन थापा काठमाडौं–४ बाटै उम्मेदवार सिफारिस



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–४ बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले थापाको नामलाई एकल सिफारिस गर्दै केन्द्रमा पठाएको एक कांग्रेस नेता बताउँछन्। काठमाडौं–४ थापाकै परम्परागत क्षेत्र हो, जहाँबाट उनी तीनपटक प्रत्यक्षतर्फ विजयी भइसकेका छन्।

काठमाडौं–४ बाहेक थापाको नाम यसअघि सर्लाही–४, धनकुटा, तथा रोल्पाबाट पनि सिफारिस भएको छ। रोल्पाबाट सिफारिस गरिएको जानकारी लुम्बिनी प्रदेश कांग्रेसका सभापति अमरसिंह पुनले पुष्टि गरेका छन्।

आगामी महाधिवेशन र निर्वाचन तयारीसँगै कांग्रेसभित्र थापामाथिको भरोसा अझै बढेको देखिएको छ। केन्द्रले अन्तिम निर्णय गर्ने भए पनि काठमाडौं–४ मा उनी ‘वन-म्यान रिकमेन्डेसन’ बनेका छन्।

 

प्रकाशित : २४ मंसिर २०८२, बुधबार, ,