नेपालको राजनीतिक इतिहासमा बेला–बेलामा जनलहर उठ्ने गरेको छ। कहिले प्रजातन्त्रका लागि, कहिले गणतन्त्रका लागि, कहिले अधिकारका लागि। तर आज उठेको जनलहर अलि फरक छ। यो लहर नारा र भाषणभन्दा बढी मौन अभिव्यक्तिको लहर हो। शब्दजालले थाकेका जनताले अब व्यवहार खोजेका छन्। यही मौन अभिव्यक्तिलाई हात मात्र हल्लाउँदै केही सरल शब्द खर्चेर पूर्वदेखि पश्चिमसम्मका जनताको मनमा…