काठमाडौं । भावुक प्रेमभावनामा आधारित नयाँ म्युजिक भिडियो “गाउँना त आउँदैन” सार्वजनिक। गायक मेघ लामाको सुमधुर स्वरमा सजिएको उक्त गीतमा शब्द तथा संगीत आशुसेन लामाको रहेको छ । भावनात्मक रंगमा रंगिएको उक्त गीतको एरेञ्ज, मिक्सिङ तथा माष्टरिङ राजन ईशानले गरेका हुन् । गीतको रेकर्डिङ काठमाडौंस्थित भर्चुअल स्टुडियोमा गरिएको हो ।
उक्त गीतको म्युजिक भिडियोमा चर्चित युट्युब ग्रुप भीमफेदी गाइज तथा मोडल कृषाला तामाङको अभिनय रहेको छ । भिडियोको छायांकन तथा सम्पादन पवन सुशलिङले गरेका हुन् । मेकअपमा सुबास तिमल्सिना, प्रोडक्सन व्यवस्थापनमा हरि अधिकारी र निर्देशनमा निर्मल कुमार लामा (BG) रहेका छन् ।
























प्रतिक्रिया