कला / मनोरञ्जन

माइतीघर’ को फस्ट लुक सार्वजनिक :दशैमा रिलिज हुदै



काठमाडौँ । रोहित अधिकारी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को फस्ट लुक सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्मका मुख्य कलाकारहरूलाई समावेश गर्दै फस्ट लुक तयार पारेको हो  ।

फिल्मको फस्ट लुकमा कलाकारहरूको पात्र चित्रण गर्न खोजिएको छ । यस्तै, पोस्टरमा उज्यालो बलिरहेको घर समेत छ । यसले, माइतीघरलाई चित्रण गर्न खोजिएको बुझ्न सकिन्छ । मिलन तामाङको निर्देशनमा तयार भएको फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल फिल्मका कार्यकारी निर्माता हुन् ।

प्रकाशित : १६ श्रावण २०८२, शुक्रबार, ,