मुख्य समाचार

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताद्वारा राजीनामा



काठमाण्डौ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिएका उहाँले आज पदबाट राजीनामा दिनुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको उल्लेख गर्नुभएको छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्ने मन्त्री गुप्ताले टिप्पणी गर्नुभएको छ ।

प्रकाशित : ३१ असार २०८२, मंगलबार, ,