मुख्य समाचार

तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो सुन



काठमाण्डौ – सुनको भाउ आज एक हजार एक सय रुपैयाँले बढेको छ । सुनकाे भाउ एक हजार एक सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँ रहेकाे थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीकाे भाउ ६५ रुपैयाँले बढेर ताेलाकाे दुई हजार दुई सय ८५ रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार दुई सय २० रुपैयाँ रहेकाे थियो ।

सुनचाँदी व्यवसायीहरूको आन्दोलनका कारण बन्द रहेका सुन पसल सरकारसँग सहमति भएपछि अस्ति शुक्रवार आठ दिनपछि खुल्न थालेका हुन् ।

प्रकाशित : २९ असार २०८२, आइतबार, ,