काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिन्।
उनले आर्थिक वर्ष २०८२/०८३ को लागि २५ अर्ब ७६ करोडको बजेट पेश गरिन्।
बजेटमा २५ अर्ब ११ करोड संचित कोषमा र ६५ करोड अन्य बाह्य व्ययभार हुने उल्लेख छ।
काठमाडौँ । काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् ।
उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि रु २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अर्व ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।























प्रतिक्रिया