काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला, चौरीदेउराली गाँउपालिका वडा नं. ६ स्थित प्रभा मा.वि.मा अध्ययन गर्नुभएका बिद्यार्थीहरुको संस्था प्रभा एलुम्नाई एसोसिएसनको आयोजनामा ” प्रभाका चम्किला ताराहरु’’ पुस्तक लोकार्पण एवं अभिनन्दन कार्यक्रम सप्पन्न भएको छ। देश तथा विदेशका विभिन्न विश्वविद्यालयबाट विद्याबारिधी उपाधि हासिल गर्नुहुने ८ जना व्यक्तित्वहरुको जिवनीसहितको पुस्तक ‘प्रभाका चम्किला ताराहरु’ विमोचन गरिएको छ ।
शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजित पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. प्रेम नारायण अर्याल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतम, पूर्वराज्यमन्त्री तथा काभ्रेपलाञ्चोक प्रतिनिधीसभा क्षेत्र नं. १ का सांसद सुर्यमान दोङ, चौरीदेउराली गाँउपालिकाका अध्यक्ष रेणुका चौलागाई लगायतले ‘प्रभाका चम्किला ताराहरु’ पुस्तकको सयुक्तरुपमा विमोचन गरेका गरेका हुन।
प्रभा एलुम्नाईका अध्यक्ष गोकुल गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुस्तकमा समेटिएका ८ व्यक्तित्व सहित प्रभा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख बलराम कोइराला, पूर्वक्याम्पस प्रमुख चुडाप्रसाद चौलागाई तथा एसएलसी पहिलो व्याजका विद्यार्थी लोकनाथ गौतम र बिजय राज गिरीलाई अभिनन्दन गरिएको थियो ।
विमोचित पुस्तकमा प्रभा माविमा अध्ययन गरेर विद्यावारिधी हासिल गर्नुहुने डा. टंक प्रसाद गौतम, डा. दिलिपकुमार गौतम, डा. रवीन्द्र राज गिरी, डा. नारायण प्रसाद चौलागाई, डा. संग्रामसिंह लामा, डा. खडगमान श्रेष्ठ, डा. नवराज गौतम र डा. ङेमादोर्जे लामाको प्रभा माविमा पढदादेखि विद्याबारिधि गर्दासम्मको पठन संघर्ष र जिवनसंघर्ष समेटिएको छ ।
प्रभा अलुम्नाईका अध्यक्ष गोकुल गौतमले विकट गाँउको स्कुलमा अध्ययन गरेर पनि विभिन्न विषयमा विषयविज्ञता हासिल गरेर राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाउन सफल व्यक्तित्वहरुको संघर्ष र मेहनतबारे आउदो पीढिलाई बुझाउन र प्रेरणा दिन प्रकाशित पुस्तक प्रेरणाको स्रोत हुने बताए । कार्यक्रममा चौरी देउराली गा.पा.का ९ वटै वडाका वडाध्यक्षहरु, पालिका भरिका बिद्यालयका प्र.अ.हरु, पुर्व प्र.अ.एवं शिक्षकहरु, सामाजिक एवं ब्यवसायीक क्षेत्रका बिशिष्ट ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।























प्रतिक्रिया