काठमाडौं,१५ असार । निजामती विधेयक, २०८० संसदबाट सर्वसम्मत पारित भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफलका लागि प्रस्ताव पेश गर्दै सभामुखले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । संसदमा उपस्थित सांसदहरूको बहुमतले विधेयक पारित भएको हो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्षे कुलिङ पिरियड राख्ने प्रावधानसहितको प्रतिवेदन एकमतले प्रतिनिधिसभामा पेश गरेको थियो । यसअघि प्रतिनिधिसभाको गत ३ असारको बैठकमा सो विधेयक पारित गर्ने गरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीको दबाबमा सभामुख घिमिरेले विधेयक रोकेका थिए ।
पारित विधेयक अब राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नेछन् ।यसअघि विधेयकमाथिकाे छलफलकै क्रममा सांसद प्रभु साहले विधेयक च्यात्नुभएकाे छ । उहाँले निजामती विधेयकलाई गरिबमारा संज्ञा दिँदै संसद्काे राेस्ट्रममै च्यात्नुभएकाे हाे ।























प्रतिक्रिया