मुख्य समाचार

नेपाली टोलीले अस्ट्रेलियामा क्रिकेट सिरिज खेल्ने



काठमाडौं– नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अगस्टमा अस्ट्रेलियामा क्रिकेट सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार विज्ञप्ति जारी गर्दै अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलिया भ्रमण गर्ने बताएको छ।

क्यानका अनुसार नेपाली टोलीले अस्ट्रेलियामा रहँदा टप इण्ड टि ट्वान्टी सिरिज खेल्नेछ छ।नेपाली टोलीले अस्ट्रेलियामा टि ट्वान्टी विश्वकप २०२६ को एसिया छनोटको तयारी गर्नेछ। विश्वकपको एसिया छनोट १ देखि १७ अक्टोबरसम्म ओमानमा हुँदैछ। सिरिजमा नेपालले कम्तिमा ६ खेल खेल्ने क्यानले जनाएको छ।

अस्ट्रेलिया भ्रमणको क्रममा टोलीले डार्विनमा रहेको डिएक्ससि एरिना, टिआइओ स्टेडियम तथा काज्लिस् एरिनामा सिरिजका खेल खेल्नेछ।

सिरिजमा पाकिस्तान तथा बंगलादेशको ए टिम तथा बिग बास लिग (बिबिएल) का विभिन्न टोलीहरुको सहभागीता रहने छ।सिरिजको खेल तालिका अर्को हप्ता घोषणा हुने क्यानले बताएको छ।

प्रकाशित : १३ असार २०८२, शुक्रबार, ,