मुख्य समाचार

सबैले कानुन मान्नुपर्छ सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, : सञ्चारमन्त्री



काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाललाई व्यवस्थापन गरिने बताएका छन्।

मन्त्री गुरुङले सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा समेत सामाजिक सञ्जालहरू नेपालमा दर्ता नभएको भन्दै अहिले सरकारले नियमन गर्ने विधेयक निर्माण गरिरहेको जानकारी दिए।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि विकास गरिने पनि स्पष्ट पारेका हुन्।मन्त्री गुरुङले सूचना र प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्दै सूचना प्रविधिमार्फत आर्थिक, सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन सोच अगाडि बढाइएको बताए।

प्रकाशित : ११ असार २०८२, बुधबार, ,