काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्।
अर्थ मन्त्रालयले उनलाई सञ्चालकमा नियुक्त गरेपछि सोमबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो।
व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई समितिमा पठाइएको मन्त्रालयले जनाएको छ। नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक समेत रहेका पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गर्ने २५ वर्षभन्दा बढीको अनुभव छ।
वायुसेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्ने योजनाकारका रूपमा परिचित पौडेलले चितवन मेडिकल कलेज र नेपाल क्यान्सर अस्पताललगायत संस्थाहरूको सफल नेतृत्व गरिसकेका छन्। साथै, वित्त तथा व्यवस्थापन परामर्शदाताका रूपमा उनले देश तथा विदेशका १०० भन्दा बढी कम्पनीलाई सेवा प्रदान गरेका छन्।























प्रतिक्रिया