काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज बिहान काठमाडौं आएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
काठमाडौं आइपुग्नेबित्तिकै मिश्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए । भेटमा उनले प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएका छन् ।
यसपछि मिश्रीको कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गर्ने रहेको छ । राष्ट्रपति पौडेलसँगको भेटपछि उनी बुढानीलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम छ ।
उनले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।























प्रतिक्रिया