मुख्य समाचार

रामहरी खतिवडाले दिए राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा



काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरे ।

संघीय निजामती विधेयकबाट ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था गायब भएको विवादमा तानिएका प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले राजीनामा दिएका हुन् ।

प्रकाशित : २७ श्रावण २०८२, मंगलबार, ,