मुख्य समाचार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : २१ श्रावण २०८२, बुधबार, ,