मुख्य समाचार

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो आज ?



काठमाडौं . नेपाली बजारमा आज (मंगलबार) सुनचाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य सोमबारको तुलनामा प्रतितोला १,९०० रुपैयाँले बढेर १,९८,५०० रुपैयाँ पुगेको छ । जुन हालसम्मकै सर्वाधिक मूल्य हो।

सोमबार छापावाल सुनको मूल्य १,९६,६०० रुपैयाँ थियो। मूल्यमा एकैदिन यति ठूलो उकालो आउनु अन्तर्राष्ट्रिय बजारको प्रभाव, मागमा वृद्धि र मुद्रा विनिमय दरको उतारचढावसँग सम्बन्धित रहेको बताइएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला २,२८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात सोमबार चाँदीको मूल्य २,२५५ रुपैयाँ रहेको थियो।

प्रकाशित : २० श्रावण २०८२, मंगलबार, ,