मुख्य समाचार

प्रधानमन्त्री ओली आइतवार तुर्कमेनिस्तान जाँदै



काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली पर्सि आइतवार तुर्कमेनिस्तान जानु हुने भएको छ । तुर्कमेनिस्तानको अवाजा शहरमा हुने भूपरिवेष्ठित विकासशील देशहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आइतवार त्यसतर्फ प्रस्थान गर्नु हुने भएको हो ।

यही साउन २० देखि २३ गतेसम्म अर्थात् (अगस्ट ५ देखि ८ तारिख) सम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १६ श्रावण २०८२, शुक्रबार, ,