मुख्य समाचार

सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक क्षमताको रंगशाला निर्माण गरिने



सूर्यविनायक–८, जगातीस्थित पुरानो इँट्टा टायल कारखानाको २०० रोपनी क्षेत्रफलमा निर्माण गर्ने प्रस्ताव गरिएको उक्त रंगशालाको दर्शक क्षमता ५० हजार हुने बताइएको छ ।सूर्यविनायक नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको आधुनिक र विशाल रंगशाला निर्माणबारे प्रधानमन्त्री केपी शर्मा ओली र नगरप्रमुख बासुदेव थापाबीच महत्वपूर्ण छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा प्रधानमन्त्री ओलीले काठमाडौँको दशरथ रंगशाला सानो र भीडभाडयुक्त भएकाले वैकल्पिक रूपमा ठूलो रंगशाला आवश्यक रहेकोबारे प्रष्ट पार्नु भएको थियो ।छलफलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।छलफलमा नगरप्रमुख थापाले जग्गा प्राप्ति प्रक्रिया छिटो अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । योजना सफल भएमा सो रंगशाला मुलुककै ठूलो खेलकुद संरचनामध्ये एक हुनेछ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित : १२ श्रावण २०८२, सोमबार, ,