मुख्य समाचार

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने



काठमाडौं, साउन ११ गते । काठमाडौं, साउन ११– नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्धन गर्ने उद्देश्यअनुरूप चार दिने रेफ्री र प्रशिक्षक सेमिनार आयोजना गर्ने भएको छ ।

विश्व फ्रिस्ट्याल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष ब्रायन डब्लु बेकको प्रमुख आतिथ्यतामा किक बक्सिङ एसोसिएसनले उक्त सेमीनार गर्न लागेको हो । उक्त कार्यक्रम आगामी साउन १७ देखि २० गतेसम्म काठमाडौंको जडिबुटीस्थित फाइट क्लब नेपालमा हुनेछ । सोही अवसरमा ब्ल्याक बेस्ट ग्रेडिङ पनि हुने आयोजक एसोसिएसनकी महासचिव विन्दा नेपालीले जानकारी दिइन् । फ्रिस्टाइल किक बक्सिङ चुनौतीपूर्ण र रोचक खेलको रूपमा चिनिन्छ । यस खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अपेक्षा राख्दै सेमिनार आयोजना गरिएको आयोजक एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठले जानकारी दिए

प्रकाशित : ११ श्रावण २०८२, आइतबार, ,