अन्तरराष्ट्रिय

थाइल्यान्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित



काठमाडौं ,थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा निलम्बनमा पर्नुभएको छ । कम्बोडियासँगको कूटनीतिक विवादमा उहाँको आचरणको बारेमा छानबिन शुरू गर्दै थाइल्यान्डको संवैधानिक अदालतले निलम्बन गरेको हो ।

कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको ज्यान गएको थियो । यही तनावबारेमा छलफल गर्न थाइल्यान्डकी प्रधानमन्त्री शिनवात्राले कम्बोडियाका पूर्वनेता हुन सेनलाई फोन गर्नुभएको थियो । त्यस बेला शिनावात्राले सेनलाई काका भनेर सम्बोधन गर्दै एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरेको अडियो सार्वजनिक भएको छ ।

प्रकाशित : १७ असार २०८२, मंगलबार, ,