काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल कार्यकालका लागि बधाई दिएका छन्।
पुटिनले टेलिभिजनमार्फत आफ्नो राष्ट्रिय सुरक्षा परिषदलाई सम्बोधन गर्दै भने, “रुससँग सम्पर्क पुनःस्थापना गर्ने ट्रम्पको चाहना र तेस्रो विश्वयुद्धलाई रोक्नको लागि सम्भव भएसम्म गर्ने उनको टिप्पणीलाई हामी स्वागत गर्छौं।” उनले अझ थपे, “अवश्य पनि हामी यो अडानलाई स्वागत गर्छौं र नवनियुक्त अमेरिकी राष्ट्रपतिलाई पदभार ग्रहण गरेकोमा बधाई दिन्छौं।”
युक्रेन युद्धको सन्दर्भमा पुटिनले ट्रम्प प्रशासनसँग वार्ता गर्न आफू तयार रहेको बताए। उनले भने, “हामी अस्थायी युद्धविराम होइन, दीर्घकालीन शान्ति हुनुपर्छ भन्ने कुराको पक्षधर हौँ। यसले यस क्षेत्र र राष्ट्रका सबै मानिसहरूको वैध हितलाई सम्मान गर्दछ।”























प्रतिक्रिया