अन्तरराष्ट्रिय

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन



एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको निधन भएको छ। लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित जियाको आज बिहान उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको हो।

खालिदा जिया छातीको संक्रमण, कलेजो तथा मिर्गौला समस्या, मधुमेह, बाथ र आँखा सम्बन्धी रोगबाट पीडित रहँदै आएकी थिइन्। पछिल्लो २० दिनदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा उनको निधन भएको परिवार तथा पार्टीका शीर्ष नेताहरूले पुष्टि गरेका छन्।

जिया सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुई पटक बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन्। उनी पूर्व राष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुन्। खालिदा जिया बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा समेत चिनिन्छिन्।

प्रकाशित : १५ पुस २०८२, मंगलबार, ,