काठमाडौं – शेयर बजार लगातार चौथो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४२ अङ्कले बढेर २ हजार ६ सय ९४ दशमलव ८२ विन्दुमा पुगेको छ । पछिल्लो चार दिनमा नेप्से झन्डै सय अङ्कले उकालो लागेको छ ।
आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर २.८३ प्रतिशत, निर्जीवन बीमा समूहको शेयर २.५१ प्रतिशत, विकास बैंक समूहको शेयर २ दशमलव ३१ प्रतिशतले उकालो लागेको छ ।
























प्रतिक्रिया