अर्थ

चार अंकले बढ्यो नेप्से छ, अर्ब ४७ करोडको शेयर किनबेच



काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन ३२ दशमलव ९३ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार चार दशमलव ७८ अंकले बढेर २६ सय दशमलव ७६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९७ अंकले बढेर चार सय ४५ दशमलव शुन्य सात अंकमा पुगेको छ । तीन सय २५ वटा कम्पनीहरुको ७० हजार आठ सय ३१ पटकको कारोबारमा एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम छ अर्ब ४७ करोड १९ लाख ५२ हजार छ सय ७८ रुपैंयाँ कायम भएको ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सात वटा समुहले कमाएका छन् भने बाँकीले गुमाएका छन् । आज बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव शुन्य छ अंकले बढेर १३ सय २९ दशमलव ६६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १४ दशमलव ८५ अंकले बढेर ३५ सय ४० दशमलव ३६ अंकमा पुगेको छ । फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने पाँच दशमलव १९ अंकले घटेर ५२ सय ६४ दशमलव ८५ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ४९ दशमलव ६२ अंकले घटेर १२ हजार पाँच सय ११ दशमलव ८६ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि २७ दशमलव ५९ अंकले घटेर ११ हजार नौं सय ५६ दशमलव १४ अंकमा पुगेको छ भने उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज जोशी हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । राधी जलबिद्युत कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रकाशित : ९ असार २०८२, सोमबार, ,