back

अब कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने

काठमाडौँ । सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा बसेर कर्मचारीले अनलाइनमार्फत सेयर कारोबार गर्न नपाउने भएका छन् । कर्मचारीहरू दिनभर काम भन्दापनि सेयर कारोबारमा लागेको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूलाई पत्राचार गर्दै  नेप्से अनलाइन ट्रेडिङ सिस्टम (टीएमएस) नचलाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

पत्रमा भनिएको छ,’उपरोक्त सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र सङ्ख्या २०८१ / ८२ चलानी नं. ११८६५ मिति २०८१/०५/२१को कार्यालयमा TMS नचलाउने व्यवस्था सम्बन्धमा विषय रहेको पत्रबाट नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यालय समयमा TMS नचलाउने व्यवस्था हुन र सो समयमा TMS चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउन लेखी आएकोले आयोगको पत्रानुसार गर्नु गराउनु हुन आदेशानुसार अनुरोध गर्दछु ।’

pm_xLI8Djsthm (1).jpg

नागरिक लगानी कोषको ३० औ साधारणसभा सम्पन्न १३ प्रतिशत बोनस र लाभांस दिने प्रस्ताव पारित

नागरिक लगानी कोषको ३० औ साधारणसभा सम्पन्न १३ प्रतिशत बोनस र लाभांस दिने प्रस्ताव पारित

वि.सं.२०८१ माघ २ बुधवार २०:३८

काठमाडौं ।नागरिक लगानी कोषको ३० औं वार्षिक साधारणसभा कोष सञ्चालक...

शेयर बजार २५ अङ्कले घट्दा कारोबार रकममा पनि कमी

शेयर बजार २५ अङ्कले घट्दा कारोबार रकममा पनि कमी

वि.सं.२०८१ पुस २८ आइतवार २२:२०

काठमाडौं, हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ...

बढ्यो पेट्रोल, ग्यास र हवाई इन्धन आयात, घट्यो डिजेल

बढ्यो पेट्रोल, ग्यास र हवाई इन्धन आयात, घट्यो डिजेल

वि.सं.२०८१ पुस ८ सोमवार २०:२९

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना...

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अर्ब रुपैयाँ लगानी जुट्यो

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अर्ब रुपैयाँ लगानी जुट्यो

वि.सं.२०८१ पुस ८ सोमवार १९:०६

काठमाण्डौ – विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा...

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ३ बुधवार १८:३७

काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति...