back

१३ औं नगरसभाबाट गोकर्णेश्वर नगरपालिकाले गर्यो आ.व २०८१/८२ को नीति तथा कार्यक्रम सम्पन

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम एक औपचारिक कार्यक्रमको आयोजना गरि  सार्वजनिक गरिएको हो।आ.व ०८१/०८२ को नीति तथा कार्यक्रमले  नगरबासीलाई सरल सहज एवं गुणस्तरीय सार्वजनिक सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक गरिएको थियो।यसैगरी दीर्घकालिन विकासका लागि विभिन्न योजना तथा कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
१३ औं नगर सभामा नगर प्रमुख दिपक रिसालले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमले सुरक्षित एवं सुव्यवस्थित सहर निर्माणका लागि योजनाबद्ध सहरिकरण गर्ने नीति अंगिकार गर्ने भएको हो। योजनाबद्ध सहरिकरणको नीति नगरपालिकाले सुधार गर्नुपर्ने क्षेत्रको रुपमा समेटिएको छ ।यसैगरी नगरपालिकाले सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना र प्रविधिको उच्चतम प्रयोगलाई अनिवार्य मान्दै स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी गोकर्णेश्वर नगरपालिकालाई बस्न योग्य सहर बनाउने ध्येय रहेकोमा जोड दिएको छ ।सार्वजनिक गरिएको नीति तथा कार्यक्रम नगरबासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखि स्वास्थ्य विमा, निःशुल्क उपचार, घर दैलोमा स्वास्थ्य सेवा र बिशेषज्ञ सेवा नगरपालिकाको प्राथमिकताको क्षेत्रमा रहेकोले स्वास्थ्य सेवा प्रति नागरिकहरुको विश्वसनियता अभिवृद्धि भएको महशुस भएको भन्दै त्यसलाई निरन्तरता दिएको छ ।
साथै जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्न नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ । भौतिक पूर्वाधार विकास, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपण, गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, उद्यमशिलता विकास, कृषिको उत्पादन वृद्धि, भाषा कला साहित्य संस्कृतिको संरक्षण, पर्यटन पर्वद्धन, सामाजिक सशक्तिकरण तथा रोजगारमूलक तालिम लगाएतका विषयलाई केन्द्रबिन्दुमा राखि नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ ।
नगरपालिकाले यस वर्ष पनि विभिन्न कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समेटेको छ ।
प्रशासनिक भवन निर्माण कार्य प्रारम्भ गोकर्णेश्वर नगरपालिका वडा नं ६ जोरपाटी चोक स्थित जग्गामा आवश्यक खरिद प्रकृया अवलम्बन गरी नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य प्रारम्भ गर्ने कार्य यस पटकको नीति तथा कार्यक्रममा पूर्वाधार तथा शहरी विकास सम्बन्धी नीतिमा पहिलो बुँदामा राखिएको छ ।
नगर अस्पताल निर्माण उच्च प्राथमिकतामागोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित जग्गामा निर्माण शुरु भएको गोकर्णेश्वर नगरअस्पतालको निर्माण कार्य उच्च प्राथमिकताका दिएको छ ।
बहुवर्षीय योजनामा माईतिनेपाल–पाखाथोक–नयाँपाटी सडकमाईतिनेपाल पाखाथोक हुँदै नयाँपाटी जोड्ने सडक बहुवर्षीय योजना अन्तर्गत राखी क्रमश निर्माण गरिनेछ
एक घर एक धाराको अभियान पुरा गर्नेगोकर्णेश्वर नगरपालिका वडा नं १,२ र ३ माथिल्लो क्षेत्रलाई शिवपुरी राष्ट्रिय निकुञ्जबाट आउने पानीको श्रोतको समुचित उपयोग मार्फत खानेपानीको व्यवस्था गरी एक घर एक धाराको अभियान पुरा गर्ने प्रतिबद्धता ।
९ वटै वडामा खानेपानीको व्यवस्था गोकर्णेश्वर नगरपालिका वडा नं
महिलालाई निःशुल्क उपचारको व्यवस्था आम्दानि नेपाल, गृहिणी महिला संघ नेपाल र गोकर्णेश्वर नगरपालिकाको संयुक्त आयोजनामा स्तन क्यान्सर र पाठेघर क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाईनेछ कृषि यान्त्रीकरणमा ५०% साझेदारी५०% लागत साझेदारीमा कृषि यान्त्रीकरण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
सिपमूलक तथा रोजगारमूलक तालिममहिला, दलित, विपन्न र अपाङ्गता भएका व्यक्तिहरु लगायत लक्षित वर्गका लागि सशक्तिकरणका लागि सिपमूलक तथा रोजगारमूलक तालिमहरु उपलब्ध गराईनेछ साथैनर्सिङ अध्ययनमा ५० प्रतिशत छुट“नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रम” संचालन गरी एऋी नर्सिङ्ग पढनेलाई ५० प्रतिशत छात्रवृति उपलब्ध गराईनेछ ।


बनेपा नगरपालिका
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

वि.सं.२०८१ असोज १३ आइतवार १७:३९

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक र कारोबार रकम दुवै...

स्थायी लेखा नम्बर लिनेहरू एक वर्षमा १४ प्रतिशतले बढे

स्थायी लेखा नम्बर लिनेहरू एक वर्षमा १४ प्रतिशतले बढे

वि.सं.२०८१ असोज १० बिहीवार १४:५२

काठमाडौँ । एक वर्षको अवधिमा स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको...

नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आग्रह

नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आग्रह

वि.सं.२०८१ असोज ९ बुधवार २०:०६

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश...

ग्लोबल आइएमई बैंकका क्रेडिट तथा डेबिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका क्रेडिट तथा डेबिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

वि.सं.२०८१ असोज ७ सोमवार २०:३९

ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार...

अब कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने

अब कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने

वि.सं.२०८१ भदौ २५ मंगलवार २०:५९

काठमाडौँ । सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा बसेर कर्मचारीले अनलाइनमार्फत सेयर...

उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

वि.सं.२०८१ भदौ २५ मंगलवार २०:३०

काठमाडौँ, २५ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका...