अर्थ

३० अंकले बढ्दा नौं अर्ब २० करोडको कारोबार नेप्सेमा हरियाली,



काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ३० दशमलव ७५ अंकले बढेर २६ सय ३१ दशमलव १४ अंंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४१ अंकले बढेर चार सय ५७ दशमलव २२ अंकमा चढेको छ । तीन सय १९ वटा कम्पनीहरुको ६८ हजार एक सय १२ पटकको कारोबारमा दुई करोड ९७ लाख ३८ हजार एक सय ३९ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम नौं अर्ब २० करोड ३१ लाख ४६ हजार चार सय २९ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक ४२ दशमलव ५८ अंकले घटेको छ भने बाँकी समुहहरुको सुचक उच्च अंकले बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव शुन्य दुई अंकले बढेर १३ सय ७४ दशमलव २० अंंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३९ दशमलव ९५ अंकले बढेर ३४ सय १० दशमलव ७७ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि पाँच सय ५६ दशमलव ८६ अंकले बढेर १३ हजार तीन सय ३२ दशमलव शुन्य तीन अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४५ दशमलव ७४ अंकले बढेर ११ हजार ३६ दशमलव ८२ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि अंकले बढेका छन।

प्रकाशित : १६ कार्तिक २०८२, आइतबार, ,