breaking news

राजावादीको घोषणा जेठ १५ गतेदेखि अनिश्चितकालीन ‘जनआन्दोलन’ गर्ने



काठमाडौं  राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले ‘जनआन्दोलन’ को घोषणा गरेको छ ।

काठमाण्डाैमा आज पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि जनआन्दोलन घोषणा गर्नुभएको हो । उहाँले आफ्नो नेतृत्वमा हुने अनिश्चितकालीन ‘जनआन्दोलन’ मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेनालगायतको साथ रहेको बताउनुभयो ।

संयाेजक सुवेदीले राजसंस्था स्थापना नभएसम्म आफूहरूकाे आन्दोलन नराेकिने र आन्दोलन शान्तिपूर्ण हुने पनि बताउनुभयाे ।

प्रकाशित : २६ बैशाख २०८२, शुक्रबार, ,