breaking news

अर्थमन्त्री पौडेल र प्रचण्डबीच भेटवार्ता



काठमाडौं ,उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्डको निवास खुमलटारमा उनीहरुबीच भेटघाट भएको हो । अर्थमन्त्री पौडेलले पूर्वप्रधानमन्त्री प्रचण्डसँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे परामर्श गरेको उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड निवास खुमलटारमा मङ्गलबार बिहान यी दुई नेताबीच भेटवार्ता भएको हो ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता प्रचण्डसँग विमर्श गरेको बताइएको छ । तर यो भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

प्रकाशित : २३ बैशाख २०८२, मंगलबार, ,