breaking news

राप्रपा नेपालले आज शान्तिबाटीकामा बृहत प्रदर्शन गर्दै।



काठमाडौं ,१५ बैशाख । राप्रपा नेपालले आयोजनामा आयोजनामा आज काठमाडौंमा बृहत प्रदर्शन हुने भएको छ ।

चैत्र १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरुको तत्काल रिहाई र राजसंस्था र धर्मनिरपेक्षताको बिरोधमा बन्देज बनाउने कानुन निर्माण हुन लागेकोमा त्यो तत्काल रोकिनु पर्ने भन्दै राप्रपा नेपालको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा जनप्रदर्शन हुन लागेको हो।यस अघि सो कार्यक्रम भृकुटीमण्डपमा हुने भनिएको थियो।

पार्टीको झण्डामा नभई राष्ट्रिय झण्डामा आयोजना हुने सो कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टी,राजसंस्था पुनस्थापना संयुक्त जनआन्दोलन समिति राष्ट्रिय शक्ति नेपाल,राष्ट्र बचाउ अभियान, नेपाली काङ्ग्रेस (बिपि),शिव सेना नेपाल लगायतको ऐक्यबद्धता रहेको बताईएको छ।

प्रकाशित : १५ बैशाख २०८२, सोमबार, ,