काठमाडौं,११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार)को संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची तय भएको हो । सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो ।
पहिलो दिनको बैठकलाई सबैभन्दा पहिले प्रधानमन्त्रीले सम्बोधन गर्ने समझदारी भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । file foto
प्रतिक्रिया