काठमाडौं,७ बैशाख।राप्रपाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीद्वारा पूर्ब घोषित आजको आन्दोलनमा सिमित नेतामात्रै सहभागी हुने बताएका छन्।

केही क्षण अगाडि सामाजिक सञ्जालमार्फत सरकारलाई न आत्तिन आग्रह गर्दै अध्यक्ष लिङ्देनले सो जानकारी दिएका हुन्।सरकारले तोकेको सीमा बाहिर गए कानुनी कारबाही गर्ने भन्दै गृह मन्त्रालयद्वारा शनिबार जारी सूचनाको प्रति उत्तर दिंदै उनले जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने काम सरकारी निरङ्कुशतन्त्र भएको आरोप पनि लगाएका छन्।
उनले सामाजिक सञ्जालमाफृत भनेका छन्–
आज राप्रपाले गर्ने प्रदर्शन भनेको:
भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ।
वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ।
प्रतिक्रिया