breaking news

शंकरदेव क्याम्पसमा तालाबन्दी, स्ववियु चुनाव अनिश्चित



काठमाडौं– आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनको विषयमा शंकरदेव क्याम्पसमा स्ववियु सभापतिले स्ववियुको कोष दुरुपयोग गरि भर्ना गरेको विषय निकालेर तालाबन्दी गरिएको छ ।

स्ववियुले गरिब, पिछडिएका, अपाङ्ग तथा जेहनदार विद्यार्थीको नाममा रहेको कोषबाट स्ववियु सभापतिले चार सयभन्दा बढि विद्यार्थीको भर्ना गरिएको विषय उठेपछि एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

‘स्ववियु सभापति नै फर्जी भर्ना गर्ने जस्तो गलत काममा लागेपछि हामिले छानबिनको माग गरेका हौ, फर्जी विद्यार्थीको भर्ना खारेज गरिनुपर्छ, अन्यथा निर्वाचन हुने वातावरण बन्दैन’ , शंकरदेव क्याम्स अनेरास्ववियु निकट एकजना नेताले बताए ।

स्ववियु सभापति शुसान्त बस्नेतले भने ‘अन्य संगठनले उठाएको विषय आफूले भर्ना गरेको विषय होइन अनेरास्ववियुले फर्जी भर्ना गरेको सूचना आएको छ । छानविन हुनुपर्छ भनेर मैले क्याम्पस प्रमख र निर्वाचन अधिकृतलाई भनिसकेको छु ।’

प्रकाशित : १ चैत्र २०८१, शुक्रबार, ,