breaking news

मोटरसाइकल चालकसहित यात्रुले पनि हेल्मेट लगाउनुपर्ने



मोटरसाइकल चालकसहित यात्रुले पनि सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने व्यवस्था खारेज भएको १८ वर्षपछि फेरि लागू गरिने भएको छ । सरकारले २०६१ सालदेखि मोटरसाइकलका चालकसहित त्यसमा सवार यात्रुका निम्ति हेल्मेट अनिवार्य गरेको थियो । तर, २०६२–०६३ को जनआन्दोलनपछि गठित सरकारले ‘सम्पूर्ण शाहीकालीन आदेश तथा निर्देश खारेज हुने’ भनी एकमुष्ट निर्णय गरेपछि दुई हेल्मेटको व्यवस्था पनि खारेज भएको थियो ।

सरकारले संसदमा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा त्यस्तो व्यवस्था गरेको छ । ‘सडक यातायात सेवालाई सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई सर्वसाधारण जनतालाई सरल, सुलभ र गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन वाञ्छनीय भएकोले’ उक्त विधेयक अगाडि बढाइएको प्रस्तावनामा उल्लेख छ ।

विधेयकको दफा ४२ को उपदफा ३ मा ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख छ

प्रकाशित : २१ फाल्गुन २०८१, बुधबार, ,