breaking news

भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाउन जोड



काठमाडौं । भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्नुहुँदै उहाँले सांसदहरुले सरकारले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु नियुक्त गर्ने गरेको तर त्यसको प्रतिफल के हुन्छ सरकारलाई भन्ने बारेमा स्पष्ट नरहेको उनीहरुले बताए ।

उनीहरुले भन्सार एजेण्डटबाट नेपालको राजस्वमा के फाइदा हुन्छ भन्ने सांसदहरुको प्रश्न छ । भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरुसँगको छलफलमा समितिको बैठकमा बोल्नुहुँदै नेकपा (एमाले) सचेतक सुनिता बरालले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु नियुक्त गर्ने प्रावधान रहेको भए पनि यसलाई अझ व्यवस्थित गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले लाइसेन्स प्राप्त भन्सार एजेण्टहरुलाई काम कारबाहीमा परेका अप्ठ्याराहरुलाई पनि विधेयकले समेट्नुपर्ने बताउनुभयो । भौगोलिक कारणले नेपालकै एउटा स्थानबाट अर्को स्थानमा जाँदा विदेशी मुलुक हुँदै जानुपर्ने अवस्थामा नेपालबाट नेपालकै लागि लगिएको वस्तुमा महशुल लिइने छैन भनेर विधेयकमा लेख्नुपर्ने उहाँको भनाइ छ ।

प्रकाशित : ३० माघ २०८१, बुधबार, ,