breaking news

माधव र विप्लवसँग पार्टी एकता गर्ने प्रचण्डको संकेत



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकताको विषयमा छलफल चलिरहेको बताएका छन् । सुर्खेतमा पत्रकार सम्मेलनमा बोल्दै पार्टी एकताको आधार तयार गर्नको लागि समाजवादी मोर्चाबाट सहकार्य गरेको बताए । उनले सरकारले देश जनताका पक्षमा काम गर्न नबनेको भन्दै भ्रष्टहरूलाई बचाउन केन्द्रित भएको बताए ।

उनले भने, ‘अहिले सरकार भ्रष्टहरूलाई जोगाउन केन्द्रित छ । त्यसैले सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा गएर अड्किएका छन् । पारित हुने अवस्था छैन। दुई तिहाइको अहंकारलाई धक्का खाएको छ। माओवादीले कुनै हालतमा अध्यादेश पास गर्न सघाउँदैन। अब जसपा नेपालको निर्णयले भर पर्छ । उनले सरकार अपारदर्शी र भ्रष्टाचारमा केन्द्रित भइरहे गलत कामलाई हेरेर नबस्ने बताए

प्रकाशित : २९ माघ २०८१, मंगलबार, ,