breaking news

एक अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै



काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से एक दशमलव शुन्य तीन अंकले घटेर २७ सय ३० दशमलव ९१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ५० अंकले बढेर चार सय ६८ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । तीन सय ३९ वटा कम्पनीहरुको ४३ हजार तीन सय नौं पटकको कारोबारमा ५८ लाख २८ हजार छ सय चार कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम दुई अर्ब ४५ करोड आठ लाख ७८ हजार चार सय ४९ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव १२ अंकले बढेर १४ सय ४७ दशमलव १६ अंकमा जलबिद्युत समुहको सुचक पनि छ दशमलव ४३ अंकले बढेर तीन हजार आठ सय २७ दशमलव ३९ अंकमा पुगेको छ । बिकास बैंक, लगानी र अन्य समुहको सुचक पनि बढेका छन् । जीवन बीमा समुहको सुचक भने नौ दशमलव ४३ अंकले घटेर १२ हजार तीन सय ९३ दशमलव ४९ अंकमा पुगेको छभने निर्जीवन बीमा समुहको सुचक पनि ७४ दशमलव ७३ अंकले घटेर १० हजार छ सय ९९ दशमलव १३ अंकमा पुगेको छ । फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज इङग्वा हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा निफ्राको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । साहस ऊर्जा लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।

प्रकाशित : ४ जेष्ठ २०८३, सोमबार, ,