काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य रूपमा बढेको छ । सोमबारको तुलनामा दुवै धातुको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु २,९०,३०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु ५,३३५ पुगेको छ। सोमबार सुनको मूल्य रु २,८६,६०० र चाँदीको मूल्य रु ५,२०० रहेको थियो।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४,६८७ अमेरिकी डलरमा र सोही परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
























प्रतिक्रिया