काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य प्रतितोला सात हजार ५०५ रुपैयाँ कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुन तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला सात हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यस्तै, गत मङ्गलबार सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य छ हजार ८७० रुपैयाँ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस पाँच हजार ५६० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस १२० अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
























प्रतिक्रिया