breaking news

नेपाली कांग्रेसको संस्थापन पक्षको भेला सुरु



काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षको भेला अनन्दभूमि इभेन्टमा सुरु भएको छ।

भेलामा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू सहभागी भएका छन्। सहभागी नेताहरूमा कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाइँ, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामा लगायत रहेका छन्।

यस भेला सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि आह्वान गरिएको थियो।

 

प्रकाशित : २५ पुस २०८२, शुक्रबार, ,